शुक्रबार, जेठ ३, २०८२

ओलीसँग कमल थापाले भने– राजासहितको गोलमेच बोलाऊ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ बुँदे माग राख्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष कमल थापा नेतृत्वको पार्टीको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा मागपत्र बुझाएको हो।

राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने, ०४७ साल यता नियुक्त भएका उच्च पदस्थ ब्यक्तिहरुको सम्पनि छानवीन गर्नुपर्ने,  हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायत २२ बुँदे माग सो पार्टीले अगाडि सारेको छ।  ‘राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन  गर्नुपर्ने माग राप्रपाको छ। 

राप्रपाले प्रधानमन्त्रीलाई बुझाएका माग पुरा गर्न फागुन मसान्त सम्मको अल्टिमेटम दिएको छ। सो समय भित्र माग पुरा नभए चैतबाट अनिश्चतकालीन संघर्ष गर्ने राप्रपाको चेतावनी छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।