शुक्रबार, जेठ ३, २०८२

रोनाल्डोको गोलमा युभेन्ट्सको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इटालियन सिरि ‘ए’ फुटलबमा युभेन्ट्सले सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रोसिनोनीलाई ३-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सहज जित निकालेको हो । 

युभेन्टसको जितका लागि पाउलो डिबला, लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । युभेन्टसले खेलको छैटौं मिनेटमा नै पाहुना टोली फ्रोसिनोनीविरुद्ध सुरुवाती अग्रता लिएको थियो । 

रानाल्डोको कर्नर पासमा पाउलो डिबलाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् । १७ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यसपछि दोस्रो हाफमा रोनाल्डोले थप एक गोल गर्दै युभेन्टसको जित पक्का गरे । उनले ६३ औं मिनेटमा गोल गर्दै ३-० ले टोलीको जित सुनिश्चित गरे ।

यस जितसँगै युभेन्ट्सले २४ खेलबाट ६६ अंक जोड्दै शीर्षस्थानमा १४ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको नापोलीको ५२ अंक छ । पराजित फ्रोसिनोनी १६ अंक सहित रेलिगेशन जोनमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।