शुक्रबार, जेठ ३, २०८२

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन ३ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

एक वर्षमा 'गोल' गर्न नसकेको प्रदेश-१

२०७४ फागुन ३ गते प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई नेतृत्वमा क्याबिनेट गठन, शपथ र पहिलो क्याविनेट बैठक भएको थियो। प्रदेश १ सरकारले ठिक एक वर्ष पार गरेर दोस्रो वर्षको पहिलो दिनमा पुगेको छ।

ओलीको ठट्‍टामा ठगिएको मुलुक !

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदको शपथ नै नलिई तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा संविधानको व्यवस्थामा नै प्रश्‍न उठ्ने गरी हतारमा फागुन ३, २०७४ मा ४१ औं प्रधानमन्त्री पद समालेको आज एक वर्ष पुरा भएको छ। 

ओली लाइन : राज्य पंगु, आफू पावरफूल

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य कमजोर छ। उहाँ शारीरिक रुपमा तन्दुरुस्त हुनुहुन्न । उमेर र रोग दुवैले उहाँ थकित र गलित हुनुहुन्छ। सक्रिय रुपमा पूरा समय काम गर्ने ऊर्जा उहाँसँग छैन। यो उहाँमाथि लगाइएको कुनै आरोप होइन, उहाँले भोगिरहेको अवस्था हो। 

बिग्रेको जहाजका दुई पाइलट : ओली र प्रचण्ड

केपी ओली प्रधानमन्त्री भएको तीन महिनापछि एमाले र माओवादी पार्टीबीच एकीकरण भयो। एकीकरणपछि आयोजित एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीलाई प्रश्न सोधिएको थियो, ‘एउटा पार्टीमा दुई अध्यक्ष कसरी सम्भव छ?’ 

कञ्‍चनपुरमा गाडिएको २३ किलो सुन भारतबाट भित्रिएको खुलासा

कञ्चनपुरमा प्रहरीले बरामद गरेको साढे २३ किलोग्राम सुन म्यानमारबाट भारतको अयोध्या हुँदै कञ्चनपुर पुगेको खुलासा भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा कञ्चनपुर प्रहरीको टोलीले बिहीबार कञ्चनपुरको पुनर्वासबाट १८ किलोग्राम सुन र शुक्रबार बिहान कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका-११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको थियो।

ओलीले यसरी हँसाए दुनियाँ (भिडियो)

प्रधानमन्‍त्री केपी  ओलीले एक वर्षमा गरेका कामको मूल्यांकन आफ्नो ठाउँमा छ। तर उनको बोलीले भने बारम्बार तरंग ल्याएको छ। कहिले पानी जहाज, कहिले रेल, कहिले घरघरमा ग्यास पाइप, ओलीले दिएका यस्ता थुप्रै आश्‍वासन यतिबेला दुनियाँ हँसाउने मसला भएका छन्।

आइतबारसम्म मौसम नखुल्ने : यस्तो हुनेछ तीन दिनको अवस्था

पश्चिमी बायुको प्रभावका कारण देशभरको मौसम बदद्लिएको छ। बिहीबारबाटै प्रभावित भएको मौसम आइतबारसम्म नखुल्ने मौसमविद्हरुले जनाएका छन्। 

अख्तियारका आयुक्त राजनारायणले दिए पदबाट राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन्। घुसकाण्डमा मुछिएको भनिएका पाठकले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। 
 
अपहरणको नाटक गर्ने तीनजना प्रहरी फन्दामा

आफ्नै अपहरणको झुटो नाटक गरेर अभिभावकसँग फिरौती रकम लिन खोज्ने तीनजना प्रहरीको फन्दामा परेको छ।

लेखा समितिमा अड्‍‍कियो हलो, अन्यमा सर्वसम्मति

नेकपाभित्र विवाद बढेपछि प्रदेश २ को प्रदेशसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले नेतृत्व शुक्रबार पनि नेतृत्व पाउन सकेन। भागबण्डामा नेकपाले पाएको लेखा समितिका अध्यक्षका लागि आफ्नै दलबाट दुईजनाले उम्मेदवारी दर्ता गराएपछि विवाद उत्पत्र भएको हो।

कोलकाता बन्दरगाहमा आजदेखि विद्युतीय निगरानी

नेपालको लागी तेश्रो मुलुकसँग जलमार्गमार्फत हुने कारोबारको लागी प्रयोग हुँदै आएको सबैभन्दा पुरानो भारतीय बन्दरगाह कोलकाता बन्दरगाहमा शुक्रबारदेखि विद्युतीय निगरानीमा ल्याइएको छ।

विवेकशील साझाको आँखामा ओलीको एक वर्ष

अस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्षमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पुरा गरेकोमा बताउँदै विवेकशील साझा पार्टी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएका छन्।

ट्रिटन फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता 

ट्रिटन इन्टरनेशनल उच्च माध्यमिक विद्यालय र कलेजको आयोजनामा शुक्रबार ट्रिटन फेयर आयोजना गरिएको छ। 

प्रदेश ५ को समृद्धिको आधार पर्यटनः मुख्यमन्त्री पोखरेल

प्रदेश- ५ को सरकारले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिएको सरकारले प्रदेशका विभिन्न ठाउँमा औपचारिक कार्यक्रम समेत राखेको थियो।

साइबर क्राईमको आरोपमा एक युवती पक्राउ 

साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन्। साथीको फोटो प्रयोग गरी सामाजिक सञ्जालमा अश्लील कुरा गर्ने किशोरीलाई प्रहरीले पक्राउ गरेको हो। 

एसपी उप्रेतीको राजिनामा स्वीकृत 

एसएसपी बढुवामा असन्तुष्टी जनाउँदै पदबाट राजिनामा दिएका एसपी नरेन्द्र उप्रेतीको राजिनामा स्वीकृत गरिएको छ। गृहमन्त्रालयका सचि प्रेम कुमार राईले उप्रेतीले दिएका राजिनामा स्वीकृत गरेका हुन्।

नहरमा डुबेर बालकको ज्यान गयो

बझाङमा नहरमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ। छविसपाथिभरा गाँउपालिका-२ बस्ने जनक बहादुर मण्डेलका २ वर्षका छोरा सक्षम मण्डेलको बिहाननहरमा डुबेर मृत्यु भएको हो। 

नेपाल र म्यानमारबिचको पहिलो हाफ बराबरीमा 

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा जारी हिरो महिला फुटबलको उपाधि भिड्न्तको पहिलो हाफमा म्यानमारसँग बराबरी खेलेको छ । नोपलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पहिलो हाफमा १-१ को बराबरी खेलेको हो। 

एमबाप्पेले किन नेयमारलाई काखा र काभानीलाई पाखा गर्छन्?

ब्राजिलियन स्टार खेलाडी नेयमार र फ्रान्सेली युवा स्टार खेलाडी केलियन एमबाप्पेको सम्बन्ध राम्रो रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) का अध्यक्ष नासेर अल-खेलाइफीले बताएका छन्। 

कृष्ण र बिन्दुको ‘घरबार’

कृष्ण कार्की र बिन्दु परियारको स्वरमा रहेको ‘घरबार’ बोलको गीत बजारमा आएको छ। गीतमा माया प्रेमका कुरा समेटिएको छ। सन्तोष सुनारको शब्द संयोजन रहेको गीतको एरेन्ज रिकेस गुरुङ ‘किस’ले गरेका छन्। गीतमा नरेन्द्र वियोगी रसाइलीको संगीत रहेको छ।

पशुपतिले भने– ‘लुट्‍न सके लुट् कान्छा, नेपालमै हो छुट’

व्यंग्यात्मक एवम् चेतना मुलक गीत गाउँदै आएका पछिल्लो समयका चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। गायत शर्माले लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत बजारमा ल्याएका हुन्।

पाकिस्तानी समुहको आक्रमणबाट १२ भारतीय सैनिकको मृत्यु 

भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।