आइतबार, जेठ १२, २०८२

जोरपाटीबाट नौ जुवाडे पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

साँखु- काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । 

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।  

पक्राउ पर्नेमा काठमाडौँमा बस्दै आएका काभ्रेपलाञ्चोकका २३ वर्षीय अनिल तामाङ, उदयपुरका २२ वर्षीय मानबहादुर खत्री, रामेछापका ३६ वर्षीय सुकलाल तामाङलगायत रहेको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान पछि कानूनबमोजिम मुद्दा चलाउने बताइएको छ । रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।