शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • उपभोक्ता ठग्‍ने आधा दर्जन पेट्रोल पम्प संचालक कारबाहीमा

उपभोक्ता ठग्‍ने आधा दर्जन पेट्रोल पम्प संचालक कारबाहीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगंजले बाराका आधा दर्जन पेट्रोल पम्प सञ्चालकविरुद्ध कारवाही गरेको छ। 

कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोल पम्प सञ्चालकलाई दश दिनदेखि तीन महिनासम्मको कैद सजाय र १० हजार रुपैयाँसम्म जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी रजनिश झाले जानकारी दिए। उनीहरुविरुद्ध  नापतौल ऐन २०२५ को दफा ३० को १ अन्तर्गत कानूनी कारवाही गरिएको हो।

कारवाहीमा परेका पेट्रोलपम्प सञ्चालकमा कलैया नगरपालिका–१३ स्थित विजय आयल स्टोरका सिन्दुका देवी, कलैया–१४ स्थित मोहमद आयल स्टोरका गीतादेवी साह रहेका छन्। 

यसैगरी कलैया बधवनस्थित शिवशङ्कर ट्रेडर्सका किशोरी साह कलवार, गढीमाई– ४ स्थित हरिओम आयल स्टोरका रीतादेवी कलवार, बारा गङ्जभवानीपुरस्थित जयकिशन आयल स्टोरका बच्चु प्रसाद जैसवाल र सिमरास्थित बाबा आयल स्टोरका पंकज कुमार गुप्ता रहेको सुचना अधिकारी झाले जानकारी दिए।

नापतौल कार्यालयले कानूनी कारवाहीका क्रममा व्यापारीको प्रभावमा परेर समान प्रकृतिको दोषमा समेत कानूनी कारवाहीको क्रममा असमान व्यवहार गरेको पीडित व्यापारीले गुनासो गरे।

गत असोजमा क्षेत्रीय प्रमुख शशीभूषण यादव, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली संयुक्तले अनुगमन गर्ने क्रममा ती पेट्रोलपम्पका सञ्चालकले उपभोक्तालाई ठगी गरेको भेटिएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।