शुक्रबार, जेठ ३, २०८२

बाँकेमा गोली चल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- पुस २६ गते सुर्खेतका दीपक सिंहको घाटी रेटी हत्या गर्ने अभियुक्त युवराज गिरीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। 

प्रदेश नं ५ का प्रहरी प्रमुख डिआइजी पीताम्बर अधिकारीका अनुसार गिरीले नेपाल प्रहरीको असईमा भर्ना गर्ने ग्यारेन्टी गरी डेढ लाख  रकम लिएको र असईमा भर्ना गर्न नसकेपछि उक्त कुरा बाहिरिने डरले उनको हत्या गरेको बुझिएको छ। 

हत्या गरेलगत्तै गिरी फरार रहेका थिए। गिरीसँगै अर्का अभियुक्त अछामका भरत शाहीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

गिरी र शाहि मिलेर सिंहको घाटी रेटेर विभत्स ढंगले हत्या गरिएको प्रहरीको दाबी छ। अभियुक्त भाग्न खोज्दा नियन्त्रणमा लिन गोलि चलाइएको र उनको अवस्था सामन्य रहेको डिआइजी अधिकारीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।