शुक्रबार, जेठ ३, २०८२

डा केसीलाई अस्पताल लगियो, बिग्रियो स्वास्थ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इलाम- छ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा पुष २५ गतेदेखि उनले १६ औं अनस सुरु गरेका थिए । 

मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि अनसनरत केसीलाई इलाम अस्पताल सािरएकाे हो । उनलाई रुघाखोकी लागेको, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् । 

चिकित्सक रामकृष्ण आचार्यका अनुसार डा.केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु धड्किने, बेला–बेला रोकिने भएको छ । आइतबार साँझ नै अस्पतला लान खोजिए पनि डा केसी अस्पताल जान नमानेका थिएनन् । आज समस्या अझै बढेपछि उनी अस्पताल जान तयार भएका हुन् । 

डा.केसीलाई निमोनियाको आशंका पनि गरिएको छ। जुम्लामा २७ दिनसम्म १५औं सत्याग्रहमा बसेका डा.केसीलाई काठमाडौं ल्याइएपछि गत साउन १० मा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत् माग पूरा गर्नेगरी २२ बुँदामा सहमति भएपछि अनसन तोडेका थिए । 

तर, गत २५ गते संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफ्ना माग पालना नभएको भन्दै डा.केसीले २५ गते साँझदेखि नै अनसन सुरु गरेका थिए । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।