शुक्रबार, जेठ ३, २०८२

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज पुस २७ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस् नेपाल समय दिनभरी। 

फुट्यो विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टी फुटेको छ। पछिल्लो समय विवादमा रहेको विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहित १६ जना केन्द्रीय सदस्य छुट्टै पार्टी दर्ताको लागि निर्वाचन आयोग पुगेका छन्।  उनीहरु फरक दल दर्ताको लागि निर्वाचन आयोग पुगेसँगै विवेकशील साझा फुटेको पुस्टि भएको छ।

राष्ट्रपतिको हात पृथ्वीनारायणको सालिकमा, प्रधानमन्त्रीको किन खल्तीमा ?

कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू राजा र देवता मान्न डराउँछन्। तर समयले उनीहरूलाई बिस्तारै पछार्दै लान्छ। उनीहरू समयसँगै लतारिन बाध्य हुन्छन्। यसको पछिल्लो उदाहरण हो, राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्ती र दसैं।

अप्ठ्यारोमा आइजिपी : सरकारले तयार गर्‍यो पाँच अभियोग

सरकारले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाललाई हटाउने तयारी गरेको छ। गृहमन्त्री रामबहादुर थापाको विश्वासिला मानिएका खनाललाई हटाउने विषयमा नेकपाका उच्च नेताबीच सहमति भइसकेको दाबी उच्च सरकारी स्रोतको छ।

राप्रपाको चियापानमा जे देखियो (फोटो फिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा चियापान कार्यक्रम गरेको छ। अपरान्ह एक बजेदेखि तीन बजेसम्म भएको चियापान समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, निजामती, जंगी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

सम्झौता अवधि सकिँदा पनि बनेन 'आर्क ब्रिज'

आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण हुने भनिएको बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बागमती पुलको सम्झौता अवधि सकिँदा समेत काम सकिएको छैन। यी दुई पुलमध्ये वागमति पुलको सम्झौता अवधि गत भदौमा र धाबीखोला पुलको निर्माण अवधि गतवर्ष पुसमा सकिएको हो। 

प्रदेश १ : यी हुन् घरभाडा लोभ नगर्ने ६ सांसद

वडा सदस्यदेखि राष्ट्रपतिसम्मले राज्यकोषबाट सकेजत्ति सहुलियत लिएर विवादित भइरहेका बेला प्रदेश १ का केही सांसदहरू भने घरभाडाबापत पाउने सुविधा नलिई उदाहरणीय बनेका छन्। मोरङ जिल्लाका ६ जना सांसदले राज्यबाट मासिक रूपमा घरभाडाबापत पाउने १५ हजार रुपैयाँ नलिएका हुन्।  

कर्णाली चिसापानी : राज्यले नदेखेको पर्यटन स्थल

देशकै सबैभन्दा लामो कर्णाली नदीमाथि बनेको विश्वकै नमुनामध्येको एक खम्बामा अडिग पुल र कर्णाली नदीका स्वादिष्ट माछाले सबैमा चिरपरिचति ठाउँ हो कर्णाली चिसापानी । सिंगो सुदूरपश्चिमलाई राज्यका अन्य क्षेत्रसँग जोड्ने पनि त्यही पुल नै हो।

बालुवाटारबाट योगेन्द्रमणी दाहाल पक्राउ 

बिटुमिन तथा ब्यारेल उद्योग सञ्चालन गरि ठुलो रकम ठगि गरेर फरार रहेका योगेन्द्रमणी दाहाल पक्राउ परेका छन्। दाहाललाई महानगरीय अपराध महाशाखा काठमाडौंले बालुवाटारबाट पक्राउ गरेको हो। उनलाई १२ कारेड ३५ लाख  ९६ हजार  ५ सय चार रुपैयाँ ठगि गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

‘लुम्बिनी समृद्धिको मुख्य आधार ’

बुद्ध जन्मस्थल लुम्बिनी समृद्धिको आधार भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बताएका छन्। बिहीबारदेखी लुम्बिनीमा शुरु भएको बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको समृद्धिको आधार लुम्बिनीको पर्यटन भएको बताए।

घट्यो हवाइ जहाजको भाडा, कहाँको भाडा कति भयो?

आन्तरिक उडानको हवाइ भाडा घटेको छ। शुक्रबारदेखि लागू हुने गरी आन्तरिकतर्फको हवाइ इन्धनको भाडा प्रतिलिटर १० रुपैयाँ नेपाल अयाल निगमले घटाएसँगै आन्तरिकतर्फको हवाई जहाजको भाडा घटेको हो। संघका प्रवक्ता घनश्याम आचार्यले नयाँ भाडादर आइतबारदेखि लागु हुने जानकारी दिए।

‘प्रोजेट बैंक’बनाउदै राष्ट्रिय योजना आयोग 

राष्ट्रिय योजना आयोगले ‘प्रोजेट बैंक’बनाउने भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कंडेलले उचित ढङ्गले परियोजना छनौट नहुँदा परियोजना असफल हुने भन्दै सो समस्या हल गर्न प्रोजेक्ट बैंक बनाउने बताए। 

माघ १ मा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारको ३३औँ मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भने, ‘मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ।’ 

नेविसंघका ८ पदाधिकारीले दिए राजीनामा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। 

विवाद चर्किएपछि बुढीगण्डकीमा संसदीय टोली

राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलाशययुक्त आयोजनाको स्थलगत अवलोकन गर्न कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली शुक्रबार त्यसतर्फ गएको छ। समिति सभापति पूर्णाकुमारी सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय टोली स्थलगत अध्ययनमा निस्किएको हो।

सस्तो बन्दै सेलिब्रेटीका लागि सम्बन्ध विच्छेद

केही समयपहिले साहित्यकार सरस्वती प्रतीक्षाले पूर्वपति ठाकुरप्रसाद पन्थसँग सम्बन्ध विच्छेद भएको चार वर्ष लागेको उपलक्ष्यमा सँगै बसेर लन्च गरेको तस्बिर आफ्नो फेसबुक वालमा पोस्ट गरिन्।

ब्याडमिन्टन : प्रिन्सले जिते दोहोरो उपाधी

अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका बिजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरा जित हात पार्दै उपाधी जितेका छन्। प्रिन्स यु-१९ र यु-१५ दुवै तर्फ बिजयी भएका हुन्। उनले फाईलनमा यु-१९ मा उच्च बरिएताका प्रफुल महर्जनलाई २१-८ र २१-१० ले पराजित गर्दै उपाधी उचाले।

खप्तड गोल्ड कप : गोर्खा ब्वाइजमाथी संकटा विजयी 

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमा संकटा क्लब विजयी भएको छ। धनगढी रंगशालामा बिहिबार भएको खेलमा गोर्खा ब्वाइजमाथी २-० ले विजयी भएको हो। संकटाको जितका लागी कप्तान रभी सिलवाल र म्याक्सवेलले एक एक गोल गरे।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली थाइल्याण्ड प्रस्थान

थाईल्याण्डमा हुने महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महलिा टोली शुक्रबमर दिउँसो थाईल्याण्ड प्रस्थान गरेको छ। नेपाली टिम दिउँसो १:५० बजे प्रतियोगिताका लागि थाईल्याण्ड प्रस्थान गरेको हो।

पाउरोटीको मूल्य बढेपछि सुडानमा हिंसा, २२ जनाको मृत्यु

सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ। खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।