शुक्रबार, जेठ ३, २०८२

डेढ वर्षअघिदेखि गाँठो परेको जग्गा कित्ताकाट फुकुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले जग्गा कित्ताकाट फुकुवा गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले शुक्रबार पत्रकार सम्मेलन गरी जग्गाको कित्ताकाट खुला गरेको जानकारी गराएकी हुन्। विगत डेढ वर्षदेखि जग्गाको कित्ताकाट रोकिएको थियो।

मन्त्री अर्यालले अंशबन्डालगायतका व्यावहारिक समस्या देखिएकाले कित्ताकाट गर्न नापी विभागलगायतलाई निर्देशन दिएकी छिन्। उनले खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्न भने नपाइने बताइन्।

तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितले मन्त्री स्तरको निर्णय गरी जग्गाको कित्ताकाटमा रोक लगाएका थिए। विगतमा जग्गाको खण्डीकरण रोक्न कित्ताकाट गरिए पनि कार्यान्वयन भएको थिएन।

विगतमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमै भूमि सुधार मन्त्रालय आबद्ध भएको समयमा पनि मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकासलाई ध्यानमा राख्दै जग्गा कित्ताकाट हुन नहुनेमा जोड दिएका थिए। उनले जग्गा कित्ताकाटबाट प्लटिङ व्यवसाय बढ्ने र त्यसले कृषियोग्य जमिन कटौती गर्ने धारणा राख्दै आएका थिए।

भूमि व्यवस्था मन्त्रालयले जग्गाको कित्ताकाटको व्यवस्थाको पुनरावलोकन गर्दै अवरोध फुकाएको जनाएको छ। मन्त्रालयका अनुसार विगतमा रहेको कित्ताकाटको अस्पष्टतालाई व्यस्थित पारिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्