शुक्रबार, जेठ ३, २०८२

उखुमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - सरकारले हालै सार्वजनिक गरेको उखुको दररेटअनुसार कञ्चनपुरका किसानले मूल्य पाउन सकेका छैनन । सुदूरपश्चिम प्रदेशकै एकमात्र ठूलो चिनी मिल भागेश्वर चिनी मिलले सरकारी दरअनुसारको मूल्य दिन नसकेपछि किसान मर्कामा परेका हुन्। 

सरकारले चालू आर्थिक वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको भए पनि किसानले तोकिएको मुल्य नपाएको गुनासो गरेका छन्। उखुको नगद अनुदान प्रतिक्विटल ६५ रुपैयाँ २८ पैसा र उखुको परल मूल्य प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ २८ पैसा जोडेर प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा मूल्य तोकेको हो। किसानले नगद अनुदानबाहेक प्रतिक्विटल चार सय ८० रुपैयाँ पाउनुपर्ने माग गर्दै आएका थिए । नगद अनुदानसहित प्रतिक्विन्टल पाँच सय ४५ रुपैयाँ पाउनुपर्ने माग उनीहरूको थियो।
 
कृषक हकहित संरक्षण समिति, कञ्चनपुरका कोषाध्यक्ष दाउत तामाङले किसानले उचित मूल्य पाउन नसकेको बताए। उखु किसानले सरकारले तोकेको दररेट मागिरहँदा भागेश्वर सुगर मिलले भने अर्ली जातको ऊखुलाई प्रतिक्विन्टल चार सय पाँच, सामान्य उखु प्रतिक्विन्टल तीन सय ८५ रुपैयाँ र रिजेक्ट भेराइटी प्रतिक्विन्टल ती सय ७५ रुपैयाँ दररेट तोकेको छ। मिलले उखु बिक्रीका लागि पर्चा वितरण गरेको भए पनि वास्तविक किसानले नपाएर बिचौलियाले पर्चा हात पारेको किसानको गुनासो छ। बिचौलियमार्फत उखु मिलमा पुग्न थालेपछि उखु खेतमै सुक्न थालेको किसानहरू बताउँछन्। 

चिनी मिलले सम्बन्धित उखु किसानलाई प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ २८ पैसामा नघटाई समयमै रकम भुक्तान गर्नुपर्ने निर्णय भएको थियो। समयमै उखुको समर्थन मूल्य निर्धारण नगर्दा अधिकांश उखु खेतबारीमै सुक्न थालेको छ। यस वर्ष दुई करोड १० लाख क्विन्टल हाराहारीमा उखु उत्पादन भएको आँकलन छ। उखु बालीतर्फ निर्धारण गरिएको लक्ष्यभन्दा बढी उत्पादन भएको छ। तीन हजार चार सय मेट्रिक टन लक्ष्य तोकिएकोमा गत वर्ष तीन हजार पाँच सय मेट्रिक टन उत्पादन भएको थियो।

नेपाल उखु उत्पादक महासंघका अनुसार गत वर्ष उखुको क्रसिङ सकिएपछि वैशाखमा उखुको न्यूनतम समर्थन मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो। अघिल्लो वर्ष प्रतिक्विन्टललाई पाँच सय ३१ रुपैयाँ मूल्य तोकिएको थियो।  बाली लगाउनुपूर्व सरकारले मूल्य नतोकिदिँदा किसान मारमा पर्ने गरेका छन्। यसका साथै लागत मूल्य समेत उठ्न मुस्किल हुने किसान बताउँछन्। 

भागेश्वर उखु किसान हकहित सँरक्षण समिति पुनर्वास र चिनी मिलबीच सम्झौता भएसँगै कञ्चनपुरको पुनर्वासमा रहेको भागेश्वर सुगर मिल पुस १ गते देखि उखु क्रसिङ सुरु गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।