काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाजको टिकट काट्नका लागि तयार रहन आग्रह गरेका छन्। संसद् बैठकमा आइतबार सम्बोधन गर्दै उनले विगतमा रेल र पानीजहाज ल्याउँछु भन्दा मलाई खिल्ली उडाउनेहरू अहिले हो रहेछ भन्ने थालको बताए। प्रधानमन्त्री ओलीले भने, ‘अब टिकट काट्न तयार रहनुस्, रेल र पानीजहाज हामी जसरी पनि ल्याउँछौं।’
उनले समृद्धिको सपना देखेर कुनै गल्ती नगरेको बताए। ओलीले भने, ‘बजेट र नीति कार्यक्रमको अर्धवार्षिक समीक्षामा छौं। सरकार बनेको दस महिना अवधिको पनि समीक्षामा छौं। वैज्ञानिक विधिबाट सरकार सफल भयो कि भनेर सूचकका आधारमा मूल्यांकन गर्छौं। समृद्धिको सपना देखेर कुनै गल्ती गरेनौं।’
कर्मचारी समायोजनका लागि युनियसँगको सहमति भएको जानकारी उनले दिए। प्रधानमन्त्री ओलीले धमिलो पानीमा माछा नमार्न विपक्षीलाई चेतावनी दिए। उनले प्रमुख प्रतिपक्ष नेपाली कांगेसतर्फ लक्षित गर्दैै प्रधानमन्त्रीले भने, ‘आफंैले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमलाई किन खिसी गरेको?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४