शुक्रबार, जेठ ३, २०८२

चोलेन्द्रले समाले सर्वोच्चको नेतृत्व

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं -नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारदेखि न्यायलयको नेतृत्व समालेका छन्।पद तथा गोपनीयताको शपथ ग्रहणपछि बुधबार नै सर्वोच्च अदालतमा पुगी पदभार ग्रहण गरेका हुन्।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति थियो ।

राणालाई मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मंलबारबाट अवकाश लिएपछि नेपालको २९ औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो ।

पिता युवराजशमशेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा २०१४ मंसिर २८ गते काठमाडौंको कालिकास्थानमा उनको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक राणाले २०३६ मंसिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी २०५२ चैतसम्म कानुन व्यवसायीका रूपमा काम गरेका थिए ।

न्यायपरिषद्को सिफारिसमा २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम सुरु गरेका राणाले २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर २०६१ चैत ३० स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र २०६५ असोज ७ गतेदखि विशेष अदालतमा काम गरे । त्यसक्रममा पुनरावेदन अदालत दिपायल, राजविराज, बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाएका थिए ।राणा २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका थिए । 
 
धन्यवाद भन्दै विदा भए मिश्र 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण मंगलबारबाट विदा लिएका छन् । उनको कार्यकाल पुस १७ गतेबाट सकिएको हो ।  सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उनले  गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए । 

मंगलबार एक वक्तव्य जारी गर्दै उनले  कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

न्यायालयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उनले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् भन्ने शुभकामना पनि दिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।