चितवन: 'योर पार्टनर फोर प्रोग्रेस' भन्ने नारालाई आत्मसाथ गरी अनवरत नेपाली जनताको घरदैलोमा बैंकिंङ सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मंगलबारदेखि हाल रहेको भवनको (भरतपुर महानगरपालिका-३) सामून्ने करिब एक सय मिटरको दुरिमा रहेको भवनमा (भरतपुर महानगरपालिका) स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ।
उक्त शाखाको उद्घघाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो।
सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । औद्योगिक नगरी नारायणघाटमा आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाईटेवा पुर्याउने हेतुले विभिन्न नयाँयोजनाहरुप्रभावकारी ढंगले संचालन गर्ने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाटकरिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४