शुक्रबार, जेठ १०, २०८२

कान्द्रा नदीले हुलाकी सडक बगायो

कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक कान्द्रा नदीले बगाएको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

धनगढी- कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक कान्द्रा नदीले बगाएको छ।

बिहीबार रातीदेखि परेको भारी वर्षासँगै आएको बाढीले सो सडक बगाएको हो। तराईको आर्थिक समृद्धिका लागि भन्दै आर्थिक वर्ष २०६६/६७ मा निर्माण सुरु भएको हुलाकी सडक आयोजना अन्तर्गतको सो सडक कान्द्रा नदीको बहावले बगाएको हो।

स्थानीय बाधुराम चौधरीले हुलाकी सडक बगाएपछि स्थानीयले वैकल्पिक बाटो प्रयोग गरिरहेका बताएका छन्। ‘यो सडकबाट हिड्दा छोटो हुन्थ्यो', बगाएको सडक देखाउँदै बाधुरामले भने, ‘अहिले घुमेर लामो बाटो प्रयोग गरेर जानुपर्ने बाँध्यता छ।’ उनले नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका सरकारी निकायको ध्यान नपुगेको गुनासो गरे।

‘हरेक वर्ष नदीले धार परिवर्तन गरिरहेको छ। हुलाकी सडक सुरुमा केही कटान भइरहदासमेत तटबन्धनको कुनै प्रयास गरिएन्,’ उनले भने, ‘समयमा सम्बन्धित निकायबाट तटबन्धन गरिएको भए नदीले सडकमा क्षति पुर्‍याउँदैनथ्यो।’

सडक बगाएको स्थानमा भेटिएकी स्थानीय लक्ष्मी चौधरीले भनिन्, ‘सरकारले बनाएको सडक बग्यो। अब हाम्रा घरखेत पनि बग्नेछन्।’ सो क्षेत्रमा एक सय मिटर बढी सडक बगाउँदा स्थानीयले खेतको आलीबाट हिड्डुल गरिरहेका छन्।

भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो। ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सो सडकको काम अघि बढ्न सकेको थिएन। अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि अहिले तीन चरणमा काम अघि बढाइएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका–१४ ‘बि’ गाउँमा रहेको हुलाकी सडक र रिङ्ग रोड जोड्ने सडकमा रहेको कल्भर्टसमेत बाढीले बगाएको छ। कल्भर्ट भत्किएपछि फूलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।

विगत तीन वर्षदेखि जिर्ण अवस्थामा रहेको कलभर्ट जनप्रतिनिधिले पुनःनिर्माणमा ध्यान नदिँदा भत्किएको स्थानीयहरूको आरोप छ।

प्रकाशित: Aug 15, 2021| 11:12 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।