शुक्रबार, जेठ ३, २०८२

कांग्रेस महासमितिको समापन आइतबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसको दश दिनदेखि जारी महासमिति बैठक आइतबार समापन हुने भएको छ। विधान संसोधनमा सहमति जुटेपछि विधान मस्यौदा समितिको प्रतिवेदनमा शनिबार छलफल गरेर आइतबार समापन तथा घोषणासभा गर्ने तयारी गरिएको छ। 

महासमितिको बैठक शनिबार मध्यान्ह बोलाइएको छ। यस अघि शुक्रबारको बैठकबाट कांग्रेसको केन्द्रीय पदाधिकारी र सदस्यको संख्या तथा निर्वाचन प्रकृयाका बारेमा नयाँ लिखित सहमति भएको थियो। नयाँ सहमति अनुसार आठ जना सहमहामन्त्री रहने भएका छन्। शीर्ष नेताहरुबीच भएको सहमतिलाई शुक्रबार अपरान्ह बसेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको थियो।

त्यसैगरी कोषाध्यक्ष र प्रवक्ता निर्वाचित केन्द्रीय सदस्यमध्यबाट बहुमतले निर्वाचित गर्ने निर्णयसमेत गरेको छ। केन्द्रीय एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता गरि १५ सदस्यीय पदाधिकारी हुने भएको छ। यससँगै केन्द्रीय समिति १६७ जनाको हुने भएको छ। 

मंगलबार आठ पदाधिकारी बनाउने सहमति भएकोमा त्यो उल्टिएपछि महासमिति दुई दिनसम्म अन्योलमा परेको थियो। यो पदीय भागबन्डा गुटगत झगडा चर्किएपछि महासमिति एक सातासम्म लम्बिएको छ। 

संविधानले निर्धारण गरेको कलस्टर अनुसार आठै जना सहमहामन्त्री निर्वाचित हुनुपर्ने प्रवधान राखिएको छ। आठ कलस्टरमा खस आर्य, आदिवासी जनजाती, महिला, मधेसी, दलित, थारु, मुस्लिम, अल्पसंख्यकरपिछडिएको समूह रहेका छन्। 
 
मंगलबार भएको सहमति उल्टिएपछि शुक्रबार यस्तो लिखित सहमति गरिएको हो। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौलाबीच भएको छलफलमा यस्तो सहमति भएको हो। 

संविधानको धारा ४२ मा सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने उल्लेख छ। कांग्रेसले यही धारालाई आधार मानेर आठ वटा कलस्टरमा सहमहामन्त्री बनाउने निर्णय गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।