काठमाडौं – नेपाली कांग्रेसले महासमिति सदस्यमा ६ जना थप गरेको छ। विनोद चौधरी, अनिल रूंगटा, स्वर्णिम वाग्ले, दीपक अधिकारी, शम्भुलाल श्रेष्ठ र सुरेन्द्र चौधरीलाई कांग्रेसले महासमिति सदस्यमा थप गरेको हो।
कांग्रेसले विभिन्न क्षेत्रमा रहेर पार्टीलाई योग्दान पुर्याएको भन्दै उनीहरुलाई महासमिति सदस्यमा थपेको जनाएको छ। राजधानीमा कांग्रेसको महासमिति बैठक जारी छ।
महाधिवेशनका लागि कांग्रेसले १८ सय भन्दा बढी सदस्यहरु चयन गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४