शुक्रबार, जेठ ३, २०८२

कांग्रेस महासमिति सुरु : 'निर्मम समीक्षा गरौं'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शनिबारबाट राजधानीमा सुरु भएको छ। चार दिनसम्म चल्ने महासमिति बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। 

विधानमा हरेक वर्ष महासमिति भेला गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बल्ल बैठक भएको हो। तीन तहकै निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजित भएपछि नेताहरुले महासमिति बैठक बोलाउन दबाब दिएका थिए । नेताहरुको दबाबपछि निकै ठूलो कचिङ्गलका बीच बैठक बोलाइएको छ । 

बैठकको उद्घाटन सत्रमा अहिले नेताहरुले आफ्नो धारणा राखिरहेका छन् । उद्घाटन सत्रमा बोल्ने नेताहरुले अब ब्यक्ति र शक्ति भन्दा नीति र सिद्धान्तप्रति कटिवद्ध भएर लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले पार्टीको हार र अहिले देखिएको कमजोर संगठनका विषयमा निर्मम समिक्षा गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, रामशरण महतलगायतका नेताहरुले पार्टी भित्रको गुटबन्दी अन्त्य गर्नु पर्ने बताएका थिए । उनीहरुले अब जनता कम्युनिस्टको भ्रमबाट मुक्त हुँदै गएको उल्लेख गरेका छन् । 

महासमितिमा आजैबाट बन्दसत्र सुरु गर्ने तयारी छ । बन्द सत्रमा राजनीतिक, सांगठनीक, आर्थिकलगायत पाँचवटा प्रतिवेदन पेश हुने भएको छ। प्रतिवेदन आजै केन्द्रीय समितिले पारित गरेको थियो । 

बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भात्तृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि,  निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन्।

केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन्। शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।