मंगलबार, जेठ ७, २०८२

तीन दिनसम्म पनि बालिकाको शव बुझ्न मानेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भक्तपुर- बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको शव तीन दिनसम्म पनि उनको परिवारले बुझ्न मानेको छैन। 

शुक्रबार आफ्नै स्कूलको बसको ठक्करबाट ज्यान गुमाएकी चाँगुनारायण नगरपालिका-८ सुडालका सात वर्षीया प्रतिष्ठा खत्रीको शव विद्यालयका प्रिन्सिपल सम्पर्कमा नआई फरार रहेको भन्दै अभिभावकले उठाउन मानेका छैनन्। अभिभावकले आज महानगरीय प्रहरी परिसर दिनभर घेराऊ गर्नुका साथै सडकसमेत बन्द गराएका थिए। 

कक्षा १ मा अध्ययनरत खत्रीलाई बा१क ७२८५ नं को बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । स्कूलका प्रिन्सिपल राजेन्द्र कोजु अहिलेसम्म बालिकाको परिवारको सम्पर्कमा आएका छैनन्। मृतक बालिकाकी हजुरआमा मञ्जु खत्रीले स्कूलले बसमा सहचालकसमेत नराखी चलाउँदा नातिनीको ज्यान गएको आरोप लगाएकी छिन। 

यसअघि बसमा सहचालक राख्न, बसमा क्षमताभन्दा बढी विद्यार्थी नराख्न र विद्यार्थीलाई बाटो कटाउन सहयोग गर्न सो स्कूलका अभिभावकले प्रिसिन्पलसँग माग गरेका थिए। शुक्रबार बसबाट झरेपछि सडक पार गर्ने क्रममा खत्रीको ज्यान गएको थियो। 

प्रिन्सिपललाई पक्राउ नगरेसम्म बालिकाको शव नउठाउने उनको परिवारले जनाएको छ। बालिकाको शव भक्तपुर अस्पतालमा राखिएको छ । प्रहरीले बस चालक भक्तपुर नगरपालिका–८ लिवालीका ३७ वर्षीय दिपक लाखेमरुलाई पक्राऊ गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।