लुम्बिनी–राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भलाई आत्मसाथ गर्दै अगाडी बढ्न सबैलाइ आग्रह गरेकी छन् ।
लुम्बिनी बौद्ध विश्व विद्यालयको १४ औं बार्षिक उत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन, ‘अब हामी परिवर्तित सन्दर्भलाई आत्मसाथ गदै अगाडी बढ्नुपर्दछ । ’
राष्ट्रपति भण्डारीले मुलुकमा ठूलो राजनीतिक परिवर्तनपछि समग्र विकासको बाटो खुलेको बताईन् । उनले लुम्बिनी विश्वविद्यालय बौद्ध दर्शन र साहित्यको प्रबद्र्धन गर्ने उद्धेश्यले स्थापित भएको बताउदैं विश्वविद्यालयले बौद्धकालमा सृजित ज्ञानलाई खोजी संबद्र्धन गर्नुका अतिरीक्त नयां ज्ञानको पनि खोजीमा ध्यान दिनुपर्नेमा जोड दिईन् ।
उनले लुम्बिनी शान्ति समृद्धिको मुल आधार हो भन्दै करुणा र मैत्रीको अग्रदुत बुद्धको उपदेशलाई विश्व शान्तीको भावनमा विकास गर्नुपर्ने खाँचो रहेको बताईन् । बुद्ध र लुम्बिनी विश्वमा दुबै परिचित रहेको भन्दै राष्टपति भण्डारीले लुम्बिनी विश्व विद्यालय मानवता र शान्तिको ज्ञान छर्ने विश्व स्तरको प्राज्ञिगक थलो बन्नुपर्ने बताईन् ।
कार्यक्रममा संघीय सरकारका सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका रविन्द्र अधिकारीले लुम्बिनी बौद्ध विश्वविद्यालयको विकासकालागी लुम्बिनी विकास कोषले आफ्नो आम्दानीको ५ प्रतिशत सहयोग गर्नेगरी निर्णय गरेको बताए ।
लुम्बिनीमा बौद्ध दर्शन मात्रै नभएर, होटल म्यानेजमेन्ट, टुरीजम लगायतका विषयहरु थपेर थप नयाँ विषयहरु जोड्दै लाने मन्त्री अधिकारीले बताए ।
कार्यक्रममा समारोहमा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले विश्वमा शान्तिको सन्देश प्रवाह गर्नमा विश्व विद्यालयले भूमिका खेल्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४