एजेन्सी- ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी नेयमार अर्को सिजन आफ्नो पुरानो कलब बार्सिलोना फर्किने भएका छन् । स्पेनिस मिडियामा प्रकाशित रिपोर्टअनुसार नेयमारलाई अन्य क्लबमा अनुबन्धित हुन पिएसजील अनुमति दिएको समाचार बाहिरिएको छ ।
नेयमार बार्सिलोना फर्कन तयार भएसँगै पिएसजी पनि उनलाई बेच्न तयार भएको समाच प्रकासित भएको छ । अन्तराष्ट्रिय समाचारका अनुसार पछिल्लो पटक नेयमार र क्लबका अधिकारीबीच क्लब छोड्ने बिषयमा भएको छलफलमा दोहोरो समझदारी बनेको हो ।
जहाँ नेइमारले यो सिजनपछि पिएसजी छाडेर स्पेन फर्किन वा अन्यत्र जान सक्ने छन् । पिएसजी नेयमारलाई छोड्न तयार भएसँगै उनको मुल्य पनि तोकेको छ । नेयमारलाई अनुबन्ध गर्न चाहने क्लबल अब पिएसजीलाई २०० मिलियन युरो तिर्नु पर्ने छ ।
यसअघि बार्सिलोनाबाट क्लबमा भित्र्याउदा पिएसजीले २ सय २२ मिलियन युरो तिरेको थियो । तर, अहिले पिएसजी फेयर प्लेको नियममा बाँधिँदै नेइमारलाई खरिद गरेको मूल्यभन्दा कममै बेच्न तयार भएको हो ।
पछिल्लो समय बार्सिलोनाले पनि आफ्नो पूर्वस्टार खेलाडी नेयमारलाई पुनः क्याम्प नोउ फर्काउन चासो देखाएको खबर सार्वजनिक भइरहेका छन् । तर, अहिले नेइमारका लागि बार्सिलोना मात्रै नभएर रियल मड्रिड पनि दौडमा छ ।
रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजले आगामी सिजनमा नेइमार भित्र्याउन विशेष योजना बनाइरहेका छन् । रिपार्टअनुसार बार्सिलोनाले आफ्ना टोलीका सदस्य उसामान डेम्बेले बेचेर नेइमारलाई पर्काउने योजना बनाएको समाचर प्रकासित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४