शनिबार, जेठ ११, २०८२

हातमुख धुन धारामा जाँदा एकाबिहानै भालुको आक्रमण

जुम्लामा भालुको आक्रमणबाट दुईजना घाइते भएका छन्। घाइते हुनेमा हेमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया छन्।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

सुर्खेत- जुम्लामा भालुको आक्रमणबाट दुईजना घाइते भएका छन्। घाइते हुनेमा हेमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया छन्। भालुले निर्मलाको अनुहार र हेमराजको टाउको तथा ढाडमा कोतरेको छ। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

दुवैजना खतरामुक्त छन्। दैलेखका स्थायी घर भएका उनीहरु जुम्ला सदरमुकाममा मोबाइल पसल सञ्चालन गर्दै आएका छन्। हातमुख धुन धारामा गएको बेला उनीहरुलाई भालुले आक्रमण गरेको थियो। 

बिहीबार बिहानै (करिब साढे चार बजेतिर) भालुले आक्रमण गरेर घाइते बनाएको जुम्लाका डीएसपी दानबहादुर थापाले जानकारी दिए। आक्रमण गर्ने भालुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन्। 

‘बिहानपख भालुले आक्रमण गरेछ, तर भालु भेटिएको छैन,’ डीएसपी थापाले भने, ‘अहिले आक्रमण गर्ने भालुको खोजी गरिरहेका छौं।’ बजार क्षेत्रमै भालुले स्थानीयलाई आक्रमण गरेपछि प्रहरीले बाइकिङ गरेर सबैलाई सचेतना आह्वान गरिरहेको छ।

प्रकाशित: Aug 12, 2021| 07:51 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।