शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक पाउने भएका छन्। नेपालभर रहेका नेपाल पे क्यूआरका सम्पूर्ण मर्चेन्टहरुमा २६ चैत २०७९ देखि २ वैशाख २०८० सम्म उपलब्ध हुनेछ।

विभिन्न मर्चेन्टहरुमा स्टाटिक क्यूआर, डिपार्ट्मेन्ट स्टोरमा डायनामिक क्यूआर, इ–कमर्स पोर्टलमा क्यूआर गेटवे तथा पीओएसमा उपलब्ध रहेको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएसबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन्।

नयाँ वर्ष २०८० मा नेपालभर रहेका २ लाख ३५ हजार भन्दा बढी नेपाल पे क्यूआर मर्चेन्टहरुमा यो अफर लागु गरिएको ‘नेपाल पे’ले जनाएको छ।
 

प्रकाशित: Apr 09, 2023| 20:35 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्