शनिबार, जेठ ४, २०८२

स्वास्थ्योपचारपछि शीतलनिवास फर्किए राष्ट्रपति रामचन्द्र पौडेल

पेटमा समस्या देखिएपछि गत शनिबार उपचारार्थ अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल स्वस्थ भएपछि बुधबार शीतलनिवास फर्किएका हुन्।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– गत शनिबार अस्वस्थ भई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि शीतलनिवास फर्किएका छन्।

पेटमा समस्या देखिएपछि उपचारार्थ अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल स्वस्थ भएपछि बुधबार शीतलनिवास फर्किएको उनको सचिवालयले जानकारी दिएको हो।

उनलाई ग्यास्ट्रिकको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उपचारपछि राष्ट्रपति पौडेलको स्वास्थ्यमा कुनै समस्या नरहेको उनको निजी सचिवालयले बताएको छ।

प्रकाशित: Apr 05, 2023| 15:09 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्