सोमबार, असार २, २०८२

पोखरा महानगरपालिका १८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश

 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

पोखरा- उच्च अदालत पोखराले पोखरा महानगरपालिका-१८ को गत वैशाखमा भएको निर्वाचनको मतगणना पुनः गर्न आदेश दिएको छ।

मतगणना बदर गरेर फेरि मतगणना गर्न माग गर्दै नेकपा एमालेका उम्मेदवार पुष्कलबहादुर थापाले रिट दर्ता गरेका थिए। मंगलबार अन्तिम फैसला सुनाउँदै अदालतले पुनः मतगणना २० वैशाखमा गर्न आदेश दिएको छ।

न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको इजालसले रिट निवेदकको पक्षमा फैसला सुनाएको अदालतका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए।

निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की, मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका मुख्य निर्वाचन अधिकृत र कांग्रेस उम्मेदवार शिवप्रसाद तिमिल्सिनालाई विपक्षी बनाएर १८ जेठमा रिट हालेका थिए। एमालेका पुष्कलले १ हजार ६४० मत ल्याएका थिए।

कांग्रेसका शिवप्रसाद तिमिल्सिना १ हजार ६४३ मत ल्याएर विजयी भएका थिए। गणना गर्दा ९ मत हराएको र त्यसैले आफू हारेको पुष्कलको दाबी छ। वडाध्यक्ष पदको मात्र पुनः मतगणना गर्न अदालतले आदेश दिएको हो।

पोखरा–१८ मा वैशाखको निर्वाचनमा वडाध्यक्ष कांग्रेसले जित्दा अन्य चार सदस्य एमालेले जितेको थियो।

प्रकाशित: Apr 04, 2023| 21:15 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...