सोमबार, असार २, २०८२

उपनिर्वाचनका उम्मेदवारमाथि आज उजुरी गर्न सकिने

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्धको उजुरी निर्वाचन आयोगले आज लिने भएको छ।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं- आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्धको उजुरी निर्वाचन आयोगले आज लिने भएको छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमवार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले मंगलवार तोकिदिए अनुसार आज उजुरी लिन लागिएको हो।

सोमबार चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार प्रति चित्त नबुझेमा उजुरी दिन सकिने र उनीहरू माथी परेका उजुरीमाथि चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।

प्रकाशित: Apr 04, 2023| 08:22 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...