सोमबार, असार २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस निर्णय: उपनिर्वाचनमा उपेन्द्र यादवलाई सघाउने, नेताहरुको कारबाही फुकुवा

कांग्रेस निर्णय: उपनिर्वाचनमा उपेन्द्र यादवलाई सघाउने, नेताहरुको कारबाही फुकुवा

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा जसपा उम्मेदवारलाई सघाउने प्रस्ताव सभापति शेरबहादुर देउवाले राखेका थिए। सो प्रस्ताव बैठकले पारित गरेको छ।

बारा-२ मा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ। यसअघि गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। उपेन्द्र यादवलाई भने जनमत पार्टीका अध्यक्ष सिके राउतले हराएका हुन्।

कांग्रेस बैठकले  पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय पनि गरेको छ। बैठकले २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।

तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए। मंसिर ४ गतेको निर्वाचनमा उनी तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए। चितवनका कोइराला भने पूर्व जिल्ला सभापति हुन्।

प्रकाशित: Apr 02, 2023| 12:53 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...