बुधबार, असार ४, २०८२

बागमती सरकारबाट बाहिरियो एमाले 

एमालेबाट सरकारमा सहभागी थपलियासहितका चार मन्त्रीले प्रदेशसभामा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाउने तयारी।
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– एमालेले सात दलीय गठबन्धनका बेला नेकपा माओवादी केन्द्रको भागमा परेको बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।

शुक्रबार प्रदेशसभाबाट दोस्रोपल्ट विश्वासको मत लिन लागेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकारबाट एमाले बाहिरिने निर्णय गरेको हो। एमालेले जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

एमालेबाट सरकारमा सहभागी थपलियासहितका चार मन्त्रीले प्रदेशसभामा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाउँदै छन्।

नेकपा माओवादी केन्द्र, एमाले र राप्रपा मिलेर २६ पुसमा जम्कट्टेलको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो भने ११ माघमा त्यसले पूर्णता पाएको थियो।

यसअघि राप्रपाका ३ मन्त्रीले १३ फागुनमा प्रदेश सरकारबाट राजीनामा दिई समर्थन फिर्ता लिएका थिए। राप्रपा सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जमकट्टेलले आज दोस्रोपल्ट विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित: Mar 24, 2023| 14:40 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...