आइतबार, जेठ ५, २०८२

'क्युब इन स्पेस २०२३' को लागि आवेदन खुल्ला

आफूले बनाएका सामानहरु अन्तरारिक्षमा पठाएर वैज्ञानिक परीक्षण गर्ने विश्व स्तरिय प्रयोगमा सहभागी बन्नको लागि नासोले आवेदन माग गरेको हो।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं- अन्तरिक्ष विज्ञानमा चासो राख्ने ११ देखि १८ वर्ष सम्मका विद्यार्थिहरुको लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)ले आउँदो संस्करणको क्युब इन स्पेसमा सहभागी हुन आवेदन माग गरेको छ।

आफूले बनाएका सामानहरु अन्तरारिक्षमा पठाएर वैज्ञानिक परीक्षण गर्ने विश्व स्तरिय प्रयोगमा सहभागी बन्नको लागि नासोले आवेदन माग गरेको हो।
यो प्रयोगमा विभिन्न परीक्षणका लागि विद्यार्थीहरुले आफूले बनाएको बर्गाकार बट्टा ठूलो ध्वनी आउने रकेट र बेलोनमार्फत् अन्तरिक्षमा पठाउने सक्नेछन्। त्यो बट्टा पछि फर्किएर नेपालमा नै आउने छन्। र, त्यसमा भएको बदलाव विद्यार्थीले अध्ययन गर्नेछन्।

यो प्रयोगमा सहभागी हुनका लागि नासोको साइटमा गएर आउँदो मार्च १० तारिखभित्र आवेदन दिनु पर्नेछ।
यो प्रयोगको लागि नोसोले ५५ विद्यार्थीलाई समावेश गर्ने जानकारी दिएको छ। नासोले उनीहरुलाई वर्कसप र कक्षा सञ्चालन गर्नेछ, जसको लागि विद्यार्थीले तोकिएको पैसा तिर्नुपर्ने हुन्छ।

यसअघि नेपालबाट पाँच बर्गाकार बट्टाहरु अन्तरिक्षमा पुगेर फर्किएको नासोले जानकारी दिएको छ।

प्रकाशित: Mar 04, 2023| 19:01 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्